
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिए पनि एकजनामा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्