३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


विनिमय सञ्चिति : गतवर्ष र यसवर्षमा के फरक ?


182
Shares

काठमाडौं । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १६ दशमलव ३ प्रतिशतले कमी आई २०७८ फागुण मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार अन्त्यमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुण मसान्तमा १८ दशमलव ५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा अघिल्लो वर्षको फागुण मसान्तमा १८ दशमलव २ प्रतिशतले कमी आई १० खर्ब १८ अर्ब ५ करोड कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा वित्तिय संस्थासँग भने विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ फागुण मसान्तमा शून्य दशमलव ९ प्रतिशतले कमी आई १५२ अर्ब ९५ करोड कायम भएको छ ।

२०७८ फागुण मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव २ प्रतिशत रहेको छ । आर्थिक बर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा नेपाल राष्ट्र बैंकसंग विदेशी विनिमय सञ्चिति लगभग ७ महिनाको वस्तु र सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाएको छ ।

२०७८ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन ३२ दशमलव ८ र कूल आयात ८४ दशमलव ७ प्रतिशत रहेको छ ।