
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले छमध्ये चार महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ ।
लगातारको छलफलपछि राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगञ्जमा गिरिश गिरी, पोखरामा शंकर खराललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, उपमेयरतर्फ काठमाडौंमा विनिता मगैया, ललितपुरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल र पोखरामा रञ्जना सेन चुनिएको श्रेष्ठले बताउनुभयो ।
बाँकी भरतपुर र विराटनगर दुई महानगरका उम्मेदवारको टुंगो पनि आज अबेरसम्म लगाइने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्