
काठमाडौं । नेकपा (एमाले)ले महानगरपालिका र उपमहानगरपालिको उम्मेदवार टुंगो लगाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ ।
यस्तै, पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङ, भरतपुरकाे मेयरमा विजय सुवेदी र ललितपुर हरिकृष्ण व्यञ्जनकारको नाम बैठकले चयन गरेको छ ।
पार्टीले वीरगञ्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाइएको छ । वीरगञ्ज र भरतपुर महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।
यस्तै विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्