
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ४ खेल अगावै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा लेन्ससँग १–१ को बराबरी खेल्दै ४ खेल अगावै पीएसजीले उपाधि जितेको हो ।
घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई १–१ को बराबरीमा फर्काए ।
त्यसअघि ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ । दोस्रो स्थानको मार्सेलीविरुद्ध १६ अंकको अग्रता बनाउँदै पीएसजीले चार खेल अघि नै दशौँ पटक फ्रेन्च लिग वानको उपाधि पक्का गरेको हो ।
पीएसजीले सन् १९८६, १९९४, २०१३, २०१४, २०१५, २०१६, २०१८, २०१९, २०२० र २०२२ मा उपाधि जित्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्