
Web Pic
लमजुङ । लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । आज आइतबारबाट मंगलबारसम्म हरेक दिन बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।
तीन दिन बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्म ११ केभी बेंसीशहर फिडर सटडाउन गर्ने केन्द्र प्रमुख यमकुमारी गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेंसीशहर फिडरबाट विद्युत वितरण हुँदै आएको बेसीशहर नगरपालिका, मर्स्याङदी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।
बेसीशहर नगरपालिका–१ दलालस्थित २२० केभी प्रसारण लाइन आयोजनाको तार तान्ने कार्य गर्नुपर्ने भएको र उक्त लाइनमा बेसीशहर फिडर क्रसिङ पर्ने भएकाले लाइन काटिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्