
एजेन्सी । इटालीमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । इटालीमा शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् भने १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोरोनाबाट २०२ जनाको मृत्यु भएको थियो ।
सन् २०२० को फेब्रुवरीमा कोरोना महामारी फैलिएपछि इटालीमा कोरोनाका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ ।
युरोपमा बेलायतपछि इटालीमा कोरोनाका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोनाबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोरोनाका कारण शनिबार मात्र ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस्