
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता सुरु भएको छ ।
राष्ट्रिय सभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले आफ्नो उम्मेदवारी नराम्रा उम्मेदवारलाई हराउन र राम्रालाई जिताउन मात्र भएको बताउनुभयो ।
उहाँपछि स्वतन्त्रतर्फबाट राजन कार्कीले मेयर पदमा मनोनयन दर्ता गराउनु भएको छ ।
ठुला राजनीतिक दलहरूले भने सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्