१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


र्‍यापर बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी


533
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शाहले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

युवाहरुमाझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आउनु भएको थियो ।

पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौं नगरबासीले आफूलाई मत दिई विजय गराउने दाबी गर्नुभयो ।