
सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न ।
दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराई लाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाइ मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आन्दोलित भएका हुन । कांग्रेस प्रदेश कमिटिले दिक्तेलको मेयरमा पोखरेलाइ टिकट दिएपछि दिक्लेल स्थित पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
कांग्रेस दिक्तेल नगर कमिटीका सभापति प्रकाश श्रेष्ठले प्रदेश समितिले दिक्तेलको मेयरको टिकट तिर्थ भट्टराईलाई नदिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्