७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चीनमा पछिल्लो २४ घण्टामा थप २२ हजारमा काेरोना पुष्टि, ३९ जनाको मृत्यु


377
Shares

काठमाडौं । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा काेरोना संक्रमण पुष्टि भएकाे छ ।

साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । वृद्धवृद्धा र खोप नलागाएको ठूलो जनसंख्या कोरोनाको जोखिममा रहेको चीनको स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीतामाथि पनि प्रश्न उठाउन थालिएको छ । राजधानी बेइजिङमा पनि २२ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ३९ जनाको काेरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै पछिल्लो संक्रमणपछि सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ । मृत्यु हुने अधिकांश वृद्धवृद्धा रहेको चीनको स्वास्थ मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा खोप नलगाएका र दीर्घरोगी भएको बताएपनि मृत्यु भएका मध्ये पाँच जनाले खोप लगाएको पुष्टि भएको छ ।