
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार वटा हिमालको फोहोर संकलनका लागि नेपाली सेनाको नेतृत्वमा गएको टोलीले फोहोर संकलनको काम थालेको छ ।
सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाईका लागि नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान– २०२२’ को टोली आ–आफ्नो आधार शिविरमा पुगेर काम सुरु गरेको हो ।
सगरमाथा र ल्होत्सेमा खटिएको टोली वैशाख १ गते, कञ्चनजंघामा खटिएको टोली ८ गते र मनास्लुमा खटिएको टोली ९ गते आधार शिविर पुगेका थिए । बेस क्याम्प पुगेपछि ती टोलीले फोहोर संकलन कार्य सुरु गरेका छन ।
स्थानीय सरकार र सरोकारवाला संघ संस्थासँगको समन्वयमा जेठ २२ गतेसम्म फाेहोर संकलन अभियान सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्