१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसबाट हेटौंडाको उपमेयरका लागि बानियाँ चयन, थाहा नगरमा गोपाली


442
Shares

हेटौंडा । सत्तारुढ पाँच दलीय गठबन्धनले मकवानपुरको स्थानीय तहको प्रमुख तथा उप्रमुखको भागबन्डा टुङ्गाएसँगै यतिबेला हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर उम्मेदवारमा पनि टुंगो लगाएको छ ।

जसअनुसार हेटौंडाको उपमेयरमा कांग्रेसले युवा नेता राजेश बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीबाट निर्णय भएपछि उपमेयर उम्मेदवार बानियाँ अहिले उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको छ ।

मेयरमा भने नेकपा (एस)बाट मिनाकुमारी लामाको नाम सिफारिस भएको थियो । यसअघि लामा उपमेयर हुनुहुन्थ्यो भने बानियाँ हेटौंडा ५ का वडाध्यक्ष हुनुहुन्थ्यो ।

स्थानीय तह निर्वाचन प्रयोजनको सन्दर्भमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको आइतबार बसेको बैठकले हेटौंडा उपमहानगरको उपमेयरमा बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मुख्य सचिव राजु नेपालले विज्ञप्ति जारी गर्दै बानियाँलाई हेटौंडाको उपमेयर र भरत गोपालीलाई थाहानगरको उपमेयरको उम्मेदवारका लागि छनोट गरिएको जानकारी दिनुभयो ।