
भरतपुर । चिनवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराउनुभएको छ ।
उहाँको प्रस्तावकमा देवी ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहेका छन् ।
यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको थियो । राप्रपाका उमेदवार भने आएका छैनन् ।
नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्