
काठमाडौं । आमाको मृत्युमा शोकमा रहेका भिमलाल अधिकारीले नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमाले नवलपुरका सचिवसमेत रहनुभएका अधिकारीको आमा वितेको ५ दिन मात्रै भएको छ ।
उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरूको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला महतोले उम्मेदवारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्