१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटाङमा कांग्रेसबाट मेयरका उम्मेदवार दिन लागेका पोखरेल कुटिए


884
Shares

काठमाडौं । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ ।

कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गर्नु भएको पत्रसहित खोटाङ पुग्नु भएका पोखरेललाई कांग्रेसकै कार्यकर्ताहरूले कुटपिट समेत गरेका थिए ।

असन्तुष्ट कार्यकर्ताहरूले पोखरेललाई लखेटेको भिडियो सार्वजनिक समेत भएको थियो ।

विवाद बढेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरी दिक्तेल नगरपालिकामा कांग्रेसबाट तीर्थराज भट्टराईले टिकट पाउनु भएको छ ।