
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने भएको छ ।
क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी–ट्वान्टी लिगको घोषणा गरेको हो ।
लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको क्यानले जनाएको छ । प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन ।
क्यानले प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरिसकेको छ ।
कैलालीको धनगढीमा भएको क्यानको साधारणसभाले प्रतियोगिताका लागि भारतीय कम्पनीसँग गरिएको आठ वर्षको सम्झौता अनुमोदन गरेको थियो ।
लिगका लागि क्यान र सेभेन थ्री स्पोर्टसबीच वार्षिक ३ करोड ९० लाखको सम्झौता भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्