१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुरको मध्यपुर थिमिमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, अर्का एक घाइते


2.132k
Shares

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटो चोकमा सोमबार राति ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

चारदोबाटो चोकमा नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको ट्रिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा प्र.०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षीय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भैरहेको छ ।

दुवै सवारी साधन र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।