
काठमाडौं । नेकपा एमालेका संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २३ औं स्मृति दिवस आज (मंगलबार) विविध कार्यक्रम गरि मनाइँदै छ ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा २०५१ सालमा नेकपा एमालेले ९ महिना सरकार चलाएको थियो । ९ महिने सरकारको लोकप्रियताको जस अहिले पनि नेकपा एमालेले पाउदै आएको छ ।
अधिकारी प्रधानमन्त्री भएकै बेला आफ्नो गाउँ-आफै बनाउँदेखि सामाजिक सुरक्षा भत्ता लगायतका निकै लोकप्रिय कार्यक्रम ल्याउनु भएको थियो । अहिले पनि एमालेले प्रत्येक निर्वाचनमा २०५१ को ९ महिने सरकारका लोकप्रिय कार्यक्रमको चर्चा गर्दै आइरहेको छ । पूर्वप्रधानमन्त्री अधिकारीले तत्कालीन समयमा पार्टी अध्यक्षको नेतृत्व समेत सम्हाल्नु भएको थियो ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्