२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


स्याङजामा ट्याक्टरबाट खसेर एकको घटनास्थलमै मृत्यु


130
Shares

काठमाडौं । स्याङजाको हरिनास गाँउपालिका–१ भुटियाखोलामा मंगलबार राति ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले च्यापिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार स्याङजाकै हरिनास गाँउपालिका–१ सालडाँडाका अन्दाजी ६५ वर्षीय बुद्ध भुजेल रहेका छन् ।

भुटियाखोलाबाट ढुङगा लोड गरि सालडाँडा तर्फ जाँदै गरेको ना ६ त १८१९ नम्बरको ट्याक्टरबाट भुजेल अचानक खसेर ट्याक्टरको चक्काले च्यापिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।