२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बारामा ट्रक र जीप ठक्कर खाँदा एकको मृत्यु


117
Shares

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै मंगलबार राति ट्रक र जीप ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जीप आपसमा ठक्कर खाँदा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षीय अजय सहनीको मृत्यु भएको हो ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको छ ।