२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इलामका निर्माण व्यवसायीहरू धर्नामा


325
Shares

इलाम । इलामका निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् ।

निर्माण सामग्रीहरूमा अप्रत्यासित रूपमा मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा निर्माण व्यवसायीहरू आन्दोलित भएका हुन् ।

निर्माण व्यवसायी संघ इलामको अगुवाईमा जिल्लाका निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिएका छन् ।

निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय इलामको गेटमा एक घण्टा धर्ना दिएर आन्दोलन थालेको बताएका छन् ।

उनीहरूले निर्माण सामग्रीको अप्रत्यासित रूपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको जानकारी दिएका छन् ।

निर्माणको काम अगाडि बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्नेमा उनीहरूकाे जोड छ ।