२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


युएईका राजकुमारद्वारा नेपाल डिपोर्ट हुन नपर्नेगरी पत्रकार पाण्डेको सजाय माफ


29.003k
Shares

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)का राजकुमार मोहम्मद बिन जायद अल नहानले दुबईको कारागारमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफ गरिदिनुभएको छ ।

सजाय माफी पाएपछी पाण्डे अब छिट्टै जेलमुक्त हुने युएईको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीले उजुरी दिएपछि उनी पक्राउ परेका थिए ।

सोही उजुरीको आधारमा युएईको अदालतले पत्रकार पाण्डेलाई तीन महिना जेल, २० हजार दिराम जरिवाना, नेपाल डिपोर्ट लगायतको सजाय सुनाएको थियो । पत्रकार पाण्डेलाई जेल सजाय सुनाइएपछि नेपालमा त्यसको विरोध भएको थियो ।

ती प्राज्ञिक व्यक्तिहरूले युएईका राजकुमारसमक्ष कुरा पुर्याएपछि साउदीका राजकुमार बिन जायेद अल नहानले सजाय माफी गर्नुभएको हो । नेपाल डिपोर्ट नहुने गरी पत्रकार पाण्डेको सजाय माफी गरिएको दूतावास स्रोतले जनाएको छ ।