
काठमाडौं । सबै वर्ग, क्षेत्र र समुदायको हक, हित सुनिश्चित गर्दै समानुपातिक समावेशीताका आधारमा अघि बढ्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
तथ्याङ्क विभागले न्यून गणना गरेकाले समानुपातिक प्रतिनिधित्वको क्षेत्रमा अपाङ्गता भएकाहरूको स्थान सुरक्षित हुन नसकेको उनीहरूले बताएका छन् ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्ययनकर्ता डा. वीरेन्द्रराज पोखरेलले अपाङ्गता भएकाहरूको न्यून गणना हुँदा हरेक क्षेत्रमा प्रतिनिधित्व हुन नसकेको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्ति सांसद हुँदा अपाङ्गताको सम्बन्धी नियामावली र कानूनहरू छिटो आउने बताउनुभयो ।
तथ्याङ्क विभागका निदेशक ढुण्डिराज लामिछानेले अपाङ्गतासम्बन्धी आवद्ध संघसंस्थले माथिल्लो स्तरमा देखाएको सक्रियता जनगणनामा नदेखाएको बताउनुभयो ।
उहाँले जनगणनामा कतिपय समाज र परिवारमा आफ्नो पहिचान लुकाउने गरेकोले पनि अपाङ्गता भएकाहरूको वास्तविक तथ्याङ्क आउन नसकेको बताउनुभयो ।
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अपाङ्गता भएकाहरूको वास्तविक डेटा नभएको कारण राज्यको श्रोत बाँडफाँटमा पनि कमी भइरहेको बताउनुभयो ।
संघीय प्रणालीमा देश गइसकेकोले त्यहाँबाट वास्तविक तथ्याङ्क ल्याउन सके श्रोतको बाँडफाँटमा न्यायपूर्ण हुने पाण्डेले बताउनुभयो ।
अहिलेसम्म अपाङ्गताको क्षेत्रमा भएका कामहरूको उपलब्धिका बारेमा बिवरण नहुनु दुःखद् भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्