
पाल्पा । तानसेनमा अस्पतालबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी मेडिकल कलेज प्रभासको पाँचौं तलाबाट हामफाल्दा रामपुर नगरपालिका–७ कठानका ४२ वर्षीय गंगाबहादुर सोमइको घटनास्थलमै मृत्यु भएको हो ।
उपचारका क्रममा आएका सोमइले बुधबार विहान हाम फालेका थिए । वैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा रामपुर घर नजिकैको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए ।
लडेर घाइते भएका सोमइलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइएको थियो । उनलाई थप उपचारका लागि आफन्तले तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्