१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लिभरपुलद्वारा भिल्ला रियल पराजित


169
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले भिल्ला रियललाई २–० ले पराजित गरेको हो ।

लिभरपुललाई विजयी गराउन सादियो मानेले एक गोल गर्दा भिल्ला रियलका पर्भिस इस्तुपिनानले एक आत्मघाती गोल गरे ।

खेलको ५३ औं मिनेटमा डिफेन्डर इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुआती अग्रता बनायो । त्यसपछि खेलको ५५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

जितसँगै लिभरपुलले फाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ ।

सेमिफाइनल दोस्रो लिगको खेल आगामी मंगलबार स्पेनिस क्लब भिल्ला रियलको मैदानमा हुनेछ । उक्त खेलपछिको विजेताले फाइनलमा उपाधिका लागि म्यानचेस्टर सिटी र रियल मड्रिडमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।