
काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफ नजिक पुगेको छ ।
मुम्बईमा बुधबार राति भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात प्लेअफ नजिक पुगेको हो ।
जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे । हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो ।
हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए । यस्तै एडेन माक्ररमले ५६ रनको योगदान गरे । गुजरातका मोहम्मद शामीले ३ तथा यश डायल र अल्जारी जोसेफले १र१ विकेट लिए ।
जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ । हैदराबाद ८ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्