२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


ट्वीटर कम्पनी किनेका एलोन मस्कले फेरी कोका कोलाको कम्पनी किन्ने घोषणा


11.193k
Shares

काठमाडौं । केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् ।

ट्वीटर खरिदको सम्झौता भएको एक साता नबित्दै मस्कले ट्वीटर मार्फत नै अब आफूले कोकाकोला खरिद गर्ने र कोकिनलाई पुनः कोकमा जोड्ने बताएका हुन् ।

तर कोकाकोलाको सम्झौता के कतिमा हुँदैछ भन्ने विषयमा भने उनले केही बताएका छैनन् ।

कोका कोला कम्पनी १८८६ मे महिनामा अमेरिकाको जर्जियामा स्थापना भएको थियो । जोन पेम्बर्टन यसको स्थापना गरेका थिए । १८८७ मा २३०० डलरमा आसा ग्रीग्स कैंडलर ले कोका कोला कम्पनीलाई किनेका थिए ।

कोकाकोला अहिले विश्वका २ सय देशमा विस्तार भएको छ भने ९ सय वटा कारखानाबाट कोक उत्पादन हुने गरेको छ ।

कोकाकोलामा विश्वभर ७ लाखले रोजगारी पनि पाएका छन् । विश्वभरबाट कोकाकोलाको राजश्व अमेरिका पुग्ने गरेको छ । त्यसो त एलन मस्कले चेन रेष्टुराँ म्याकडोनल्ड पनि खरिद गर्ने बताएका छन् ।