१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनको मूल्य घट्ने क्रम जारी


6.344k
Shares

काठमाडौं । बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । साताको पाँचौं दिन आज बिहीबार पनि बजारमा सुनचाँदीकै मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार एक हजारले घटेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार २० रुपैयाँले घटेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।