२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरेको नेपालको आरोप


143
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाउनुभएको छ ।

बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाउनुभयो ।

उहाँले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाउनुभयो ।

उहाँले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताउनुभयो । अध्यक्ष नेपालले आफूले इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले नेकपा एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताउनुभयो ।

उहाँले सबै महानगर र उपमहानगरमा उठ्नेहरुलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।