२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बैशाख २८ देखि ३० गतेसम्म विद्यालयमा विद्यार्थी उपस्थित नगराउन आयोगको आग्रह


637
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अघिदेखि विद्यालयमा विद्यार्थी उपस्थित नगराउन नेपाल सरकारसँग आग्रह गरेको छ ।

बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान केन्द्र तथा मतदान स्थल रहेका विद्यालयमा बैशाख २८ देखि ३० गतेसम्म विद्यार्थी उपस्थिति नगराउन तथा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै, आयोगले ३० गते सार्वजनिक बिदा दिन पनि मुख्यसचिवमार्फत सरकारलाई अनरोध गर्ने भएको छ ।