१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


हलिउड अभिनेत्री मेगन फक्सले हुने वाला श्रीमानको रगत पिएको खुलासा


1.105k
Shares

एजेन्सी । हलिउड अभिनेत्री मेगन फक्सले आफ्नो हुनेवाला श्रीमानको रगत पिएको खुलासा गरेकी छिन् ।

उनले एक अन्तरर्वार्तामा आफ्नो हुने वाला श्रीमान मेसिन गन केलीको रगत पिएको बताएकी हुन् ।हलिउडको स्टार जोडी मेगन र केलीले गत जनवरीमा स्वयम्बर गरेका थिए । त्यसै क्रममा उनीहरूले आफ्नो खराब बानीका बारेमा पनि बताएका थिए । यसै सन्र्दभमा मेगनले सबैलाई चकित पार्ने खुलासा गर्दै भनेकी छन् – ‘मलाई लाग्छ यदि हामीले एक अर्काको रगत पिएको भन्दा यसले मानिसहरूलाई भ्रममा पार्छ, हामीले एक अर्काको रगत पिएका छौं । तर, एक दुई थोपा मात्र किनकी हामीले परम्पराका कारण एक –अर्काको रगत पिएका थियौं’।

मेगनले थप भनेकि छिन् –‘ रितीरिवाजलाई म अत्यन्तै मान्ने गर्दछु । म ज्योतिषशास्त्रलाई पनि उतिकै मान्छु र म सबै आत्ध्यात्मिक अभ्यास र ध्यान पनि गर्ने गर्छु । यो एक मार्ग हो जुन कुनै कारणको लागि प्रयोग गरिन्छ । त्यसैले हामीले एक अर्काको एक– दुई थोपा रगत पिएका हौं’।

केलीले मेगनका लागि सिसाको टुक्राले आफ्नो छातिमा काटेर आफ्नो आत्मा लिन समेत भनेका थिए । मेगन र केली हलिउडका चर्चित कलाकार जोडी हुन् । उनीहरू सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । उनीहरु निकट भविष्यमा विबाह बन्धनमा बाँधिन लागेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।