२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अर्घाखाँचीमा निवर्तमान गाउँपालिका अध्यक्षद्वारा बागी उम्मेदवारी फिर्ता


10.647k
Shares

अर्घाखाँची । नेकपा (एमाले)बाट निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्षले बागी उम्मेदवारी फिर्ता लिनुभएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा मालारानी गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले बिहीबार निर्वाचन दर्ता गरेको उम्मेदवारी फिर्ता लिनुभएको हो ।

गत आइतबार पार्टीले सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको भन्दै आफूले बाध्य भएर अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उहाँले बताउनुभयो ।

जिल्ला तहका नेताहरूले पहिलेदेखि नै अध्यक्षमा टिकट पक्का भनेर चुनावी अभियानमा लाग्न भने पनि अन्तिम अवस्थामा आएर घात गरेको उहाँको गुनासो छ ।

आफू निति तथा सिद्वातको लागि सोहि बाटोमा लागेको भए पनि पार्टीको परामर्श र सुझावपछि उम्मेदवारी फिर्ता लिएको आचार्यले बताउनुभयो ।