
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बिहीबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
युनाइटेडको मैदानमा भएको खेलको ६० औं मिनेटमा चेल्सीका मार्कस अलन्सोले पहिलो गोल गरे । तर, दुई मिनेटमै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।
यो बराबरीपछि लिगमा ३३ खेलको समाप्तीसम्म ८० अंक जोडेको म्यानचेस्टर सिटी शिर्ष स्थानमा छ । सिटीलाई एक अंकले पछ्याइरहेको लिभरपुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ६६ अंक छ । ६० अंकसहित आर्सनल चौथो स्थानमा रहँदा पाँचौ स्थानको टोटनह्याम हट्सपरको ५८ तथा छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ५५ अंक भएको छ ।
प्रतिक्रिया दिनुहोस्