
काडमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणको कारण युद्ध लडिरहेको युक्रेनलाई सैन्य सहयोगका लागि संसदमा प्रस्ताव गरेका छन् ।
राष्ट्रपति बाइडेनले युद्धमा रहेको युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहायता आवश्यक रहेको भन्दै अमेरिकी सांसदहरुलाई सहयोग सम्बन्धी सम्झौता अनुमोदन गर्न आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ । सो सहयोगलाई युक्रेनमा रुसविरूद्धको आक्रमणको रुपमा नबुझ्न राष्ट्रपति बाइडेनले आग्रह गरेका छन् ।
युक्रेनको रक्षाका लागि पनि सो सहयोग आवश्यक रहेको भन्दै बाइडेनले सैन्य सहायताका लागि २० बिलियन डलर आवश्यक रहेको बताएका छन् । अमेरिकाले यसअघि पनि युक्रेनलाई विभिन्न सहयोगको घोषणा गरिसकेको छ । युक्रेनलाई अमेरिकी सैन्य सहयोगले रुसले युक्रेनमा तैनाथ गरेका प्रत्येक ट्यांकका लागि अहिलेसम्म १० वटा एन्टिट्यांक हतियार रहेको बाइडेनको दावी छ ।
अमेरिकी यता राष्ट्रपति बाइडेनले आणविक हतियारको सम्भावित प्रयोगका विषयमा धम्की र युक्रनेमा हस्तक्षेप गर्ने देशहरु विरुद्ध प्रतिशोधात्मक हमला हुनसक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीबाट आफू निडर रहको देखाउन खोजेको कतिपयको दावी छ ।
प्रतिक्रिया दिनुहोस्