
काठमाडौं । फिल्म ‘ए मेरोे हजुर ३’ र ‘ए मेरो हजुर ४’ की अभिनेत्री सुहाना थापाले लैंगिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेको भन्दै माफी मागेकी छन् ।
सुहानाले फेसबुक र इन्टाग्राम मार्फत लामो पत्र लेख्दै भनेकी छन् । ‘ए मेरोे हजुर २’ र ‘ए मेरो हजुर ३’ मा लैंगिक र अल्पसंख्यकलाई मजाकको विषय बनाउने आफ्नो उद्देश्य नभएको तर, अनजानमा त्यस्तो हुन गएकोमा माफी मागेकी छन् । ‘लैंगिक र अल्पसंख्यक शिव पार्वतीको रूप हुन भन्ने विश्वासले फिल्ममा यस्तो भूमिकालाई स्थान दिँदै आएका हौं । आगामि दिनहरूमा यस्ता कुराहरुमा ध्यान दिने छौं । यसको लागि म र मेरो टिमको तर्फबाट माफी चाहान्छु ।’ सुहानाले लेखेकी छिन् ।
ए मेरो हजुर २ र ३ मा लैंगिक अल्पसंख्यक पात्रलाई स्थान दिइएको थियो ।
फिल्ममा उक्त पात्रलाई असंवेदनशील तरिकाले प्रस्तुत गरेको भन्दै आलोचना हुदै आएको थियो । सोहि विषयमा सुहानाले माफी मागेकी हन् । उनको पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’ सिनेमा घरहरूमा प्रदर्शन भैरहेको छ ।
यस्तो छ सुहानाको पत्र :

प्रतिक्रिया दिनुहोस्