८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एनसेलले २५ प्रतिशतले घटायो इन्टरनेट शुल्क


0
Shares

काठमाडौं, चैत २० । एनसेलले इन्टरनेट शुल्क २५ प्रतिशतले घटाएको छ ।

‘पे एज यु गो’अन्तर्गत् ८० प्रतिशतसम्म कम शुल्कमा डेटा सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीले हालै सरकारले गरेको निर्णयअनुसार चैत २० बाटै लागू हुनेगरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको जनाएको हो ।

एनसेलले आफ्नो करबाहेक दुई रुपैयाँ प्रतिएमबी रहेको यसको शुल्क एक रुपैयाँ ५० पैसा प्रतिएमबीमा झारेको छ ।

यो परिमार्जित शुल्क ‘लकडाउन’को अवधिभर लागू रहने पनि कम्पनीले जनाएको छ ।