
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘धाकड’ को ट्रेलर सार्वजनिक भएको छ ।
शुक्रबार रिलिज गरिएको एक्सन (थ्रिलर) यो फिल्मको ट्रेलरमा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ । फिल्ममा कंगना अग्नि नामक जासुस एजेन्टको भूमिकामा छिन् । फिल्ममा कंगना रनौत, अर्जुन रामपाल, दिया दत्ता, सास्वता चटर्जी, शारिब हाश्मी मुख्य भुमिकामा देखिएका छन् ।
रितेश शाहको कथामा बनेको फिल्मको रजनीश राजी घईले निर्देशन गरेका छन् । फिल्म आगामी मे २० मा रिलिज हुँदैछ । फिल्म ४ ओटा भाषा हिन्दी, तेलुगू, तमिल र मलायलम रिलिज गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
हेर्नुहोस् ट्रेलर :
प्रतिक्रिया दिनुहोस्