१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजरायलमा झडप हुँदा एक जनाकाे मृत्यु, ४० घाइते


208
Shares

काठमाडौं । इजरायली प्रहरीसँगको झडपमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

साेही झडपमा ४० जना भन्दा बढी घाइते भएका छन। शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षले ढुङ्गा हानेपछि विवाद सुरु भएकोथियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो । इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल अक्सा मस्जिद परिसर भित्र कडा सुरक्षामा राखिएको गेटमा ढुङ्गा हान्न थालेपछि झडप भएको प्रहरीले जनाएकाे छ ।

करिब एक घण्टापछि स्थिति नियन्त्रणमा आएको थियो । झडपमा संग्लङ्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये दुई जना ढुंगा प्रहार गरेको र एक जनालाई भीडलाई उक्साएको आरोपमा पक्राउ गरिएकाे छ । साेही समयमा, प्यालेस्टिनी रेड क्रिसेन्ट आपतकालीन सेवाहरूले झडपमा ४० भन्दा बढी व्यक्ति घाइते भएको इजरायली प्रहरीले जनाएकाे छ ।

जसमध्ये २२ जना स्थानीय अस्पतालमा उपचारका लागि भर्ना भएका छन। अल अक्सा मस्जिद इस्लामको तेस्रो पवित्र स्थल हो। यो पहाडको टुप्पोमा बनाइएको छ । जुन यहुदीहरूको लागि सबै भन्दा पवित्र स्थल हो। सन् १९६७ को युद्धमा इजरायलले पूर्वी जेरुसेलम, अल-अक्सा र अन्य प्रमुख पवित्र स्थलहरू कब्जा गरेको थियो । प्यालेस्टाइनीहरू इजरायलले कब्जा गरेको शहरको पूर्वी भागलाई आफ्नो स्वतन्त्र देशको राजधानी बनाउन खाेजिरहेका छन ।

उनीहरूले वेस्ट बैंक, गाजा आदि ठाउँहरूलाई समावेश गरेर आफ्नै छुट्टै देश बनाउन चाहेका छन ।