२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


ओलीले राजावादीहरुसँग गठबन्धन गरे : पौडेल


1.495k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएको हो ।

उहाँले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाउनुभयो ।

नेकपा एमालेले विकासका योजनाहरु अलपत्र बनाएको उहाँको आरोप छ ।

वरिष्ठ नेता पौडेलले नेकपा एमालेले बारम्बार संसदमाथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसले ओली प्रवृतिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले गठबन्धनले गरेको अहिलेको राजनीति र विकास रणनीति सही ढंगमा अघि बढीरहेको पनि बताउनुभयो ।