२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आफूलाई कंगाल घोषित गरेको टेनिसस्टारलाई साढे दुई वर्ष जेल


1.625k
Shares

एजेन्सी । टेनिसस्टार बोरिस बेकरलाई बेलायतको एक अदालतले साढे दुई वर्षको जेल सजाय सुनाएको छ ।

आफूलाई कंगाल घोषित गर्दै झूट बोलेको आरोपमा उनलाई अदालतले जेल सजाय सुनाएको हो ।

जर्मनीका बेकरले आफ्ना उधारकर्ताको करिब ५० मिलियन पाउन्ड ऋण तिर्नबाट बच्न सन् २०१७ मा आफूलाई कंगाल घोषणा गरेका थिए ।

तर, उनले आफ्नो करिब २५ लाख पाउण्डको सम्पत्ति लुकाएको अनुसन्धानबाट खुलेको थियो ।

६ पटकको ग्रान्ड स्लाम विजेता बेकरले यसअघि आफूले कुनै पनि कानुन नतोडेको दाबी गदै आएका थिए । तर, धेरै कुरा बाहिर आएपछि उनीविरुद्ध बेलायतको इन्सोलभेन्सी कानुनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।