
सर्लाही । जिल्लाका २० स्थानीय तहमध्ये १६ वटा स्थानीय तहको प्रमुखमा दोहोरिनका लागि पुरानै नेतृत्वले उम्मेदवारी दिएका छन् ।
लालबन्दी नगरपालिका र हरिपूर्वा नगरपालिका तथा पर्सा गाउँपालिका र रामनगर गाउँपालिकाबाहेक अन्य पालिकामा यसअघिकै प्रमुखले पुनः टिकट लिएर उम्मेदवारी दर्ता गराएका हुन् ।
जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट ४ जना, नेकपा (एमाले), नेपाली कांग्रस र नेकपा (माओवादी केन्द्र)बाट तीन–तीन जना, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय जनता पार्टी र जनता समाजवादीबाट एक–एक जनाले उम्मेदवार दिएका हुन् ।
सर्लाही देशका सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला हो ।
प्रतिक्रिया दिनुहोस्