
काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री र अर्की खेलाडी सीता रानामगर दुवईमा हुने फेयर ब्रेक इन्भिनेसनल प्रतियोगिताका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनीहरू पाैने चार बजेकाे विमानमार्फत दुवई प्रस्थान गरेका हुन् ।
हङकङमा हुने प्रतियोगितामा रुबिना द बार्मी आर्मीबाटा टिमबाट खेल्ने भएकी छन् भने सीता टोर्नाडोजबाट खेल्नेछिन् । खेलाडीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिदाई गरेका छन् ।
आईसीसीबाट मान्यता पाएको यो प्रतियोगिताका लागि नेपालबाट यो पटक दुई खेलाडीले खेल्ने छन् । प्रतियोगिता मे एक देखि १५ सम्म हुनेछ । प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा टेस्ट मान्यता देश पाकिस्तान, भारत लगायतका महिला खेलाडीको पनि सहभागिता हुनेछ ।
प्रतिक्रिया दिनुहोस्