७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मकवानपुरमा १३५ जनाको उम्मेदवारी फिर्ता, अब उम्मेदवारको संख्या १९३२


65
Shares

हेटौंडा । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये मकवानपुर जिल्लाका दश स्थानीय तहबाट १ सय ३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

विभिन्न दलका बागी उम्मेदवार, स्वतन्त्र तथा केही साना दलहरूका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिएपश्चात अब मकवानपुर जिल्लाका १० वटै पालिकामा १ हजार ९ सय ३२ जनाको उम्मेदवारी कायम भएको छ ।

उम्मेदवारी फिर्ता गर्नेमा हेटौंडा उपमहानगरपालिकामा मेयरमा ३ जना, उपमेयरमा २ जनासहित ४९ जना रहेको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

उम्मेदवारी फिर्ता भएसँगै शनिबारबाट सबै स्थानीय तहहरूमा घरदैलो अभियान तथा प्रचारप्रसार तीव्र रूपमा सञ्चालन भइरहेका छन् ।