
काठमाडाैं । हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा पनि मौसम आंशिक बदली रहेको छ । देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
आइतबार राती भने प्रदेश-१, बागमती प्रदेश ,गण्डकी प्रदेश र पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ।
साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्