१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


130
Shares

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ राघोपुरमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश-२-०२-००२-प ३०५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको बर्दिबास घर भएका ४० वर्षीय सन्जिप श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।