
सुनसरी । स्थानिय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीमा २४ घण्टा नेपाली सेना परिचालन गरिएको छ ।
सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरि जिल्लामा २४ घण्टा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहवी नगरपालिका तथा कोसी, भोक्राहा नर्सिङ, हरिनगरा, गडि, बर्जु, देवानगन्ज गाँउपालिकामा नेपाली सेनाले पट्रोलिङ गस्ती थालेको नेपाली सेनाको कृष्णदल गण इटहरीले जनाएको छ ।
सेनाले स्थापना गरेको कम्पनी अपरेटिङ बेसमा सेनानी नेतृत्वमा एक सय १० जना जनशक्ति परिचालन गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्