
काठमाडौं । राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फालाई प्रशिक्षण छाडेको दिनको घटनाक्रमबारे जानकारी गराएका छन् ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापनपत्र बुझाउँदै खेलाडीहरूले व्यवस्थापन र खानपानमा सुधारको माग राख्दा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रशिक्षण छाडेर जान दबाव दिएकाले क्याम्प छाडेको बताएका छन् ।
ययसैबीच एन्फा खेलाडी संघले घटनाको उचित छानविनको माग गरेको छ । संघका अध्यक्ष विक्रम लामाले पनि महासचिव तुलाधरलाई ज्ञापनपत्र बुझाएर यो विषयलाई प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो समाधान गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्