१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिथुन चक्रवर्ती अस्पताल भर्नाको कारणबारे उनका छोराले स्पष्ट पारे


9.698k
Shares

एजेन्सी । भारतका लोकप्रिय अभिनेता मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतेको फोटो समाजिक संजालमा भाइरल भएपछि उनका छोराले त्यसबारे स्पष्ट पारेका छन् ।

मिथुनको फोटो भाइरल भएपछि सामाजिक संजालमा उनको स्वास्थ्यलाई लिएर उनका प्रशंसकहरुले चासो व्यक्त गरेका छन् । यसबारे मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्नो बाबुको स्वास्थ्य अवस्थालाई लिएर सम्पूर्ण जानकारी दिएका छन् । उनले भनेका छन् – ‘आफ्नो बुबाको मृगौलामा पत्थरीको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । भाइरल भएको तस्वीर अस्पतालकै हो, जसमा उहाँ बोहोस अवस्थामा अस्पतालको वेडमा सुतिरहनु भएको थियो । अब उहाँ पूर्ण रुपमा ठिक हुनुहुन्छ । उहाँलाई अब बेंगलुरु अस्पतालबाट डिस्चार्ज समेत गरिएको छ ।’

मिथुनको यो तस्वीर पश्चात थुपै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । पछिल्लो समय उनी कलर्स टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो हुनरबाजका निर्णायक थिए भने उनको पछिल्लो फिल्म द कश्मीर फाइल्स थियो । जुन बक्स अफिसमा निकै सफल समेत रहेको थियो ।