
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिटान्स सम्झौता भएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकको तर्फबाट उप–प्रमुखकार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार नेपाल एसबीआई बैंकको रेमिटान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढि सहायक प्रतिनिधिहरूमार्फत भुक्तानी हुनेछ ।
यस्तै, सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाहरूबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।
सम्झौता भएसँगै सम्पूर्ण देश तथा विदेशमा रहनुभएका ग्राहकले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने दुई कम्पनीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्